
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी पिएफए भेट्रान्स कपको छैटौं संस्करण सम्पन्न भएको छ । अत्तरियास्थित सशस्त्र प्रहरीको खेल मैदानमा चलिरहेको पिएफए भेट्रान्स कपको छैटौं संस्करण शनीबार सम्पन्न भएको हो । पिएफए भेट्रान्स कपको छैटौं संस्करणको उपाधि धनगढीको अनुपमा अलराउन्डर्सले हात पारेको छ । अनुपमा अलराउन्डर्सले न्यू ग्वाशी सहरा क्यापिटल्सलाई ७४ रनले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ रोजेको अनुपमा अलराउन्डर्सले बिस ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो भने, जवाफी ब्याटिङमा उत्रिएको न्यू ग्वाशी सहरा ११.५ ओभरमा नै सबै विकेट गुमाएर ३८ रनमै सिमित बन्यो ।
विजेता टिम अनुपमा अलराउन्डर्सले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय भएको न्यू ग्वाशी सहरा क्यापिटल्स टिमलाई नगद ५५ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा बेस्ट बलर न्यू ग्वाशीका गोविन्द भट्ट घोषित भए भने बेस्ट ब्याट्सम्यान अनुपमा अलराउन्डर्सका मनोज घटाल घोषित भए ।
त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट अनुपमा अलराउन्डर्सका प्रेम सिंह साउँद घोषित भए भने म्यान अफ द म्याच अनुपमा अलराउन्डर्सकै प्रेम बहादुर साउद साउँद घोषित भए । प्रतियोगिताका विजेता, उप विजेताहरुलाई गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पुरस्कार वितरण गरेका थिए ।
पिएफए स्पोर्टस क्लवद्वारा आयोजित पिएफए भेट्रान्स कपको छैटौं संस्करणको गत जेठ २५ गते नगर प्रमुख भट्टले उद्घाटन गरेका थिए ।
