Agni Offset Press

ओलम्पिक डे मा प्रभातफेरी

Aarati simant

अत्तरिया : ओलम्पिक डे को अवसर पारेर धनगढीमा प्रभातफेरी गरिएको छ । सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीको पृथ्वीनारायण चोक देखि रंगशाला सम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खडका (रविं ले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने उदेश्य लिइ आफु सदैव खेल र खेलाडीका अग्रसर रहने बताए ।

अधुरो रहेको धनगढी रंगशालाई आफ्नो कार्यकालमा पुर्णता दिने बताउदै सदस्य सदस्य खडकाले सुदुरपश्चिम प्रदेशलाई खेल मार्फत पहिचान बनाउने काममा सबैले सहयोग गर्नुपर्ने बताए । सुदूरपश्चिम उसु संघका अध्यक्ष राजिव गुप्ताको अध्यक्षता भएको ओलम्पिक डे को कार्यक्रमको संचालन उसु प्रशिक्षक रतन खातीले गरेका थिए ।

नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउँदै आएको छ । प्रभातफेरी कार्यक्रमा बिभिन्न खेलका खेलाडी, प्रशिक्षक, लगायतको उपस्थिति रहेको थियो भने प्रहरी ब्याण्डले ब्याण्ड मार्फत प्रभातफेरीको शोभा बढाएको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.