सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

अत्तरिया : सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ। प्रदेशसभाको मंगलबार अपराह्न ४ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।
प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ। यसअघि प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२\८३ का लागि प्रस्तुत बजेटमाथि छलफल सुरु हुने कार्यक्रम तय भएको थियो ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले असार १ गते आगामी आर्थिक वर्ष २०८२\८३ को लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। बैठक स्थगित भएसँगै बजेटमाथिको छलफल पनि केही समयका पछि धकेलिएको छ। नयाँ मिति र समय सचिवालयबाट पुनः सूचित गरिने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.