लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताएका छन्। शुक्रबार नेपाल उद्योग परिसंघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको कार्यालय समुद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

उनले लगानी मैत्री वातावरण बनाउनका लागि आवश्यक प्रक्रियाहरू छलफल अगाडि बढाएको समेत बताए। सुदूरपश्चिममा थुप्रै सम्भावना रहेका छन, मुख्यमन्त्री शाहले भने, त्यसको खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग प्रदेश सरकार सहकार्य गर्न तयार छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.