हेमन्त बाजे
चौमाला, १५ असार : कैलालीको गौरीगंगा नगरपालिकाले एक कार्यक्रम गरि २२ औँ रास्ट्रिय धान दिवस मनाएको छ । गौरीगंगा नगरपालिका कृषि शाखाको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा धानबालीमा सघनताः खाध सुरक्षा र आत्मनिर्भर भन्ने नाराका साथ २२ औँ रास्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गौरीगंगा–४,राजिपुरमा मनाइएको हो ।
गौरीगंगा नगरपालिका प्रमुख देबिदत्त कँडेल, उप–प्रमुख भोजबहादुर बम, शिक्षा शाखा प्रमुख हरिस पन्त, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत स्थानीयले धान रोपेर धान दिवस मनाएका थिए ।
धान दिवसमा कार्यक्रममा किसानहरुलाई कृषि प्रविधि सँग जोडेर ब्यवसायिक बनाउने लक्ष्य लिएको प्रमुख कडेँलले बताए । साथै उनले स्थानीय सरकारले कृषिमा लाग्न नागरिकलाई उत्प्रेरित गर्ने बताए । नगरपालिकाले हरेक बर्ष धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।
सम्बन्धित पाेस्टहरु