काठमाडौं : गायिका एलिना चौहानले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । केही दिनअघि ‘पृथ्वी छोडेर’ गीत ल्याएकी उनले सोमबार बेलुका ‘छोरीको शिर आमा’ बोलको नयाँ मर्मस्पर्शी तीज गीत युट्युबमा सार्वजनिक गरेकी हुन् ।
एलिनाको एकल स्वर रहेको यो गीत मार्मीक शब्दले भरिएको छ भने भिडिओ पनि मर्मस्पर्शी लाग्छ । श्रीमानबाट यातना भोगेकी महिलाको पीडा र वेदना गीतले बोल्छ ।
धेरैले यो गीतलाई एलिनाको आफ्नै भोगाइसँग जोडेर समेत हेरेका छन् । गीतले एलिनाको विगतको भोगाइ बोलेको भन्दै थुप्रै प्रतिक्रियाहरू देख्न सकिन्छ । गीतले स्रोता तथा दर्शकबाट तारिफ पाइरहेको छ ।
‘छोरीको शिर आमा’ को शब्द तथा संगीत प्रेम सापकोटा सोनुको हो । संगीत संयोजनको काम हेमन्त शिशिरले गरेका छन् । भिडिओमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । यसमा दुर्गा पौडेल र टिमको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ ।
एलिनाको आफ्नै युट्युबमा भिडिओ सार्वजनिक छ । गीतको भ्युज २० घण्टामै ४ लाख नजिक पुगेको छ ।
सम्बन्धित पाेस्टहरु