अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपी कोइरालाको आदर्शलाई आत्मसात् गरेर प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित सेवा प्रवाह गरिरहेको बताएका छन ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सन्देश दिदैं उनले यस्तो बताएका हुन। मुख्यमन्त्रीले बीपीको मार्गदर्शनलाई आत्मसात गर्दै प्रदेशको समृद्धि, शान्ति र समानताको यात्रालाई अगाडि बढाउने अठोट व्यक्त गरे ।
विपीको विचार र दर्शन आज पनि नेपालको लाकतान्त्रिक यात्राको मेरुदण्ड जस्तै बनिरहेको मुख्यमन्त्री शाहको भनाइ छ । उनले बीपीले व्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बहुलवाद र न्यायपूर्ण समाज निर्माणको पक्षमा आफ्नो जीवन समर्पित गरेको चर्चा गरे। विपीको सपना साकार पार्न सबै तह र वर्ग एकताबद्ध हुन आवश्यक रहेको शाहले बताए ।