‘तीज क्विन’ सुनिता दुलालको नयाँ तीज गीत ‘चालिसे चुरा’ सार्वजनिक

अत्तरिया : लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन्।

शम्भुजित बास्कोटाको संगीतमा तयार भएको यस गीतका शब्द चिरञ्जिवी भट्टले लेखेका हुन्। रंगीन र रमाइलो माहोलमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं गायिका दुलालको अभिनय देख्न सकिन्छ।

तेञ्जु योञ्जनको निर्देशनमा बनेको भिडियो ‘सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतबारे बोल्दै दुलालले यसपटकको तीज गीतमा सांस्कृतिक रंग, परम्परा र आधुनिक प्रस्तुतीको मिश्रण रहेको बताइन्।

‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’ र ‘नाचौं सरर’ जस्ता हिट गीतमार्फत चर्चा कमाइसकेकी दुलालको यो नयाँ प्रस्तुति पनि दर्शकले मन पराउने उनले विश्वास व्यक्त गरिन्।

तीज आउन अझै केही हप्ता बाँकी भए पनि सामाजिक सञ्जालहरू अहिले नै तीजमय भएका छन्। यतिबेला तीजलाई लक्षित गर्दै दर्जनौं गीत र भिडियोहरू सार्वजनिक भइरहेका छन्, जसमा ‘चालिसे चुरा’ले पनि दर्शकको ध्यान तानिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.