डिजिटल पत्रकारिताका अगुवा राजु सुवेदीलाई पत्रकार महासंघको सम्मान

नेपाली डिजिटल पत्रकारिताका अग्रणी व्यक्तित्व तथा वरिष्ठ पत्रकार राजु सुवेदीलाई नेपाल पत्रकार महासंघले सम्मान गरेको छ। आमसञ्चार तथा पत्रकारिता विषयक सातदिने प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक सुवेदीलाई सम्मान गरिएको हो।

नेपाल पत्रकार संघको आयोजना तथा प्रेस काउन्सिल नेपालको सहकार्यमा साउन १ गतेदेखि ७ गतेसम्म सञ्चालित प्रशिक्षणमा देशभरका ४५ जना पत्रकार प्रशिक्षार्थी सहभागी भएका थिए। कार्यक्रमको उद्घाटन नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए।

राजु सुवेदीलाई डिजिटल पत्रकारिताको सुरुआतकर्ता तथा नवपरिवर्तनकर्ता मानिन्छ। बाग्लुङको धवलागिरी एफएमबाट पत्रकारिता यात्रा थालेका सुवेदी ढोरपाटन राष्ट्रिय दैनिक, एभिन्युज, एबिसी, न्युज २४ र नेपाल टेलिभिजनजस्ता प्रतिष्ठित संचारमाध्यमहरूमा रिपोर्टरदेखि सम्पादकसम्मका भूमिकामा रहेर काम गरिसकेका छन्।

नेपालकै पहिलो अनलाइन तथा डिजिटल टेलिभिजन ‘टिभी अन्नपूर्ण’ का संस्थापक प्रधान सम्पादक रहेका सुवेदीले डिजिटल पत्रकारिताको नीतिगत विकासका लागि सरकारका नीतिनिर्माण तहसम्म पुगेर सक्रिय रूपमा बहस पैरवी गर्दै आएका छन्।

प्रशिक्षणमा सहभागीहरूले सुवेदीबाट प्राप्त ज्ञान, अनुभव र व्यवहारिक अभ्यास अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथी संचार तथा सुचनाप्रविधी मन्त्री पृथ्वीसुव्बा गुरूंगले सुवेदीलाई सम्मानपत्र प्रदान गर्दै पत्रकारिता क्षेत्रमा उनको योगदानको चर्चा गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.