सहिद गौरव जोशीका परिवारलाई कैलाली काँग्रेसको सहयोग

धनगढी : काँग्रेस जिल्ला कार्यसमिति कैलालीले सहिद गौरव जोशीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बिहिबार सम्पन्न विशेष बैठकको निर्णयअनुसार भ्रष्टाचार, वेथिति र विसंगतिको विरुद्ध तथा सुशासन र समुन्नतिको पक्षमा भाद्र २३ गते काठमाडौंमा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली लागी धनगढी उपमहानगरपालिका–५ तारानगरका गौरव जोशी सहिद परिवारलाई सहयोग गरेको हो ।

जोशीको परिवारप्रति पार्टीले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै १० हजार सहयोग हस्तान्तरण गरिएको हो । सहयोगको रकम नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले तारानगरस्थित सहिदको निवासमै पुगेर परिवारलाई प्रदान गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.