कञ्चनपुरको कृष्णपुरमा सर्पदंशबाट तीन वर्षीय बालकको मृत्यु

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । गएराति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.