निरन्तर वर्षाले सडकमा पहिरो खस्न थालेपछि मन्त्री कुलमानले बोलाए विभागीय प्रमुखहरूको बैठक

काठमाण्डौँ : निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको बैठक बोलाएका छन्।

मन्त्री घिसिङको सचिवालयका अनुसार मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आज बिहान ११ बजे बस्ने गरी विभागीय प्रमुखहरूको बैठक बोलाएका हुन्।

बैठकमा सडक सुरक्षा र सम्भावित विपद्‌बाट बच्न सकिने उपायबारे छलफल र निर्देशन हुने मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.