दार्चुलामा जात्राको रौनक सुरु

दार्चुला,कात्तिक ६। तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ।

भाइटिका अर्थात द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ। यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन  र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ।

शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा आजदेखि जात्रा सुरु हुन्छ । जिल्लाको सबैभन्दा ठुलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ।यहाँको लेकाली  क्षेत्रमा दशैँ तिहारभन्दा जात्रालाइ बढी महत्त्व दिइन्छ।

आजको दिन भाइटिका लगाएपछि शैल्यशिखर-७ स्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन–३ स्थित लटिनाथ मन्दिर चौडमा जात्रा लाग्ने गर्दछ । यहाँका स्थानीयले जात्राको तयारी एक महिना अघिदेखि सुरु गर्छन्।जात्राको पूर्वसन्ध्यामा लेकम–५ मैखोली खर्क तथा मालिकार्जुन–३ लटिनाथ मन्दिर चौडमा सरसफाइ गरिएको स्थानीय राधावल्लव जोशीले जानकारी दिए।

लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरेको जात्रा संयोजक मनिराज जोशीले बताउनुभयो।जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्दछन्।जात्राका लागि पहाड पुख्र्यौली घर भइ तराई बसोवास भएका तथा कामका सिलसिलामा गाउँ बाहिर गएकास मेत फर्किएपछि यहाँका गाउँमा जात्राको चलहपहल बढेको हो।जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.