नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं : आईसीसी लिग डिभिजन २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ। यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ।

आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।

यूएईलाई जिताउने क्रममा मोहम्मद शाहदादले सर्वाधिक ९६ रनको स्कोर गरे । उता मोहम्मद वासिन ७६ रन बनाए। बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए। नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीको नाममा एक-एक विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङमा गएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्ल ४५ रन बनाउँदा आसिफ शेख ३४ रनमै रोकिए ।

यूएईका लागि ध्रुव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले २\२ विकेट झारे । अहिलेसम्म यूएईमा भएका यो सिरिजका सबै खेल नेपालले गुमाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.