गौरीगंगा नगरपालिका बस्दै आएकी बृद्धाको शव डोटीको सेती नदीमा फेला

डोटी : डोटीको आदर्श गाउँपालिका बबिनास्थित सेती नदीमा ६४ वर्षीया धनमती धामीको शव फेला परेको छ। बैतडीको सिगास गाउँपालिका–५ खैरकोट घर भएकी उनी हाल कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुर बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार, सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेर नदीमा खसेको अनुमान गरिएको छ। डोटी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.