काठमाण्डौँ : रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले दल दर्ता गरेका हुन् । दल दर्तासँगै आयोगबाट प्रमाणपत्र बुझेका छन् ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म दलको संख्या १२६ पुगेको छ । २९ वटा नयाँ दर्ताका लागि निवेदन परेको छ ।