अत्तरियाको पदमा अस्पतालले मनायो २० औैँ वार्षिकोत्सव, वार्षिक १० हजार बढी नागरिकको दिन्छ सेवा

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको पदमा अस्पतालले आफ्नो २० औं वार्षिकोत्सब मनाएको छ । सोमबार विविध कार्यक्रम गरी अस्पतालले वार्षिकोत्सव मनाएको हो ।

ग्रमिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको पद्मा अस्पताल २० बर्ष पुरा गरेको हो । ‘जतिवेला राजमार्गमा कुनै दुर्घटना हुँदा उपचार नपाएर छटपटाउनुपर्ने अवस्था थियो’, अस्पातालको प्रबन्धक निर्देशक समेत रहेका हाड जोर्नी विशेषज्ञ डा. नरबहादुर मौनी भन्छन् । ‘त्यतिवेला अथार्त दुई दशक अगाडि अत्तरियामा सुदूरपश्चिमको अत्तरियामा नीजि क्षेत्रको लगानीमा पहिलो अस्पताल खोलिएको हो ।’ अहिले सुदूरपश्चिममा थुप्रै नीजि अस्पताल सञ्चालनमा आए पनि त्यतिवेला कसैले पनि आट गर्न सकेको थिएन । पद्मा अस्पताल सञ्चालन भएपछि धेरै राहत भएको थियो । अहिले पनि राजमार्गमा कुनै दुर्घटना हुँदा ठोक्किने अर्थात उपचार हुने यहाँ नै रहेको उनको अनुभव रहेको छ ।

वार्षिकोत्सवको अवसरमा अस्पताललाई आजको अवस्थामा ल्याउन सहयोग गर्ने स्थानीय, कर्मचारी र चिकित्सकको टिमलाई उनले धन्यबाद समेत दिए । उनले अबका दिनहरुमा पनि अस्पतालले सेवा सुबिधा बिस्तार गर्ने लक्ष्य रहेको बताए । अत्तरिया महेन्द्रनगररोडमा अस्पतालको आफ्नै भबन निर्माण गर्ने योजना रहेको उनले सुनाए ।
अस्पतालका प्रसाशन प्रमुख सञ्जीवबहादुर शाहले वार्षिकोत्सबको अवसरमा अस्पतालका बिरामीहरुलाई फलफूल, दुध, चिया बितरण गरिएको बताए ।

अस्पतालमा हाड जोर्नी, मुटु सम्बन्धि लगायत महत्वपूर्ण विशेषज्ञ सेवा स्थापना काल देखि दिँदै आएको उनले बताए । आईसीयु, एनआइसियू समेत सेवा सुविधा रहेको उनले बताए । भवन अभावका कारण अहिले ५० वेडमा सिमित रहेको र निकट भविष्यमा सय बेडको सञ्चालन गर्ने लक्ष्य रहेको उनले सुनाए ।

२०६२ सालमा स्थापना भएको पद्मा अस्पताल प्रा.लि अत्तरिया क्षेत्रको मात्रै नभएर अहिले सुदूरपश्चिमका साथ पहाडी जिल्लाका जनताहरुको मुख्य केन्द्र बिन्दु बनेको छ । स्थापनाकाल देखि अस्पताल २४ सै घण्टा सेवा दिँदै आएको छ । अस्पतालले प्रत्येक बर्ष आफ्ना सेवा सुबिधाहरु बढाउदै गैरहेको छ । विभिन्न प्राकृतिका बिरामी गरी वार्षिक १० हजार भन्दा बढीलाई सेवा दिने गरेको उनले जनाए । उनले पदमा अस्पतालले अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले ८० जनालाई रोजगार दिन सफल भएको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.