काठमाण्डौँ : सिंहदरबारअगाडि जम्मा भएका जेनजी नेता मिराज ढुंगानासहितलाई प्रहरीले हटाएको छ। मंगलबार १२ बजे आसपास सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए। ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए।