सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौँ : काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।

बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

अघिल्लो खेलबाट लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। जोनाथन स्मिथको स्थानमा थोमस ड्राका सुरुवाती ११ मा आएका छन्।

सुदुरपश्चिमले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

सुदूरपश्चिमको टोलीः
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलाइन, जोस ब्राउन, हरमित सिंह

लुम्बिनी लायन्सः
रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नइब, रुवेन ट्रम्पलम्यान, थोमस ड्राका

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.