“प्रथम सत्यवती छात्र फुटबल कप २०८२”को ट्रफी सार्वजनिक

अत्तरिया, २७ मंसिर : गोदावरी नगरपालिका वडा नं. २, अत्तरियामा अवस्थित सत्यवती एकेडेमीले “प्रथम सत्यवती छात्र फुटबल कप–२०८२“ आयोजना गर्ने भएको प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । शनिबार आयोजक एकेडेमीले विजेता र उपविजेता ट्रफी सार्वजनिक सहित गोला प्रथा बाट टाईसिट समेत निकालेको हो ।

कक्षा ६ सम्मका छात्रहरूलाई लक्षित गरी प्रतियोगिता मंसिर २९ गते अर्थात् सोमबार देखि आयोजना गर्न लागिएको एकेडेमीले जनाएको छ ।
खेल संयोजक सन्तोष कार्कीले एक विद्यालयबाट बढीमा एक टिम मात्र सहभागी हुन पाउने गरी प्रतियोगितामा जिल्ला कैलाली र कञ्चनपुर बाट २३ स्कूलको टीम सहभागी रहेको जनाएको छ । कक्षा ६ वा सो भन्दा मुनिका विद्यार्थीहरुलाई मात्र सहभागी हुन पाउने भएको बताए । उनले खेल फिफा नियमअनुसार सञ्चालन गरिने भएको जनाउँदै विद्यार्थीहरूको फुटबलप्रति रुचि बढाउने, शारीरिक तथा मानसिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित ग्याजेटहरु संग भएको मोह र दुरुपयोगलाई न्यून गर्न आयोजना गरिने भएको बताए ।

प्रतियोगिताका विजेता टिमले नगद २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । भने उपविजेता टिमले र १० हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।
साथै उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डर र प्लेयर अफ दि टुर्नामेन्टलाई समेत पुरस्कार प्रदान गरिने एकेडेमीले जनाएको छ । प्रतियोगिता एकेडेमीको खेल मैदान हुने भएको जनाएको छ । साथै प्रतियोगिताको मुख्य रेफ्री दीर्घ बहादुर साउद रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.