अत्तरियामा करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिता हुँदै

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट सातौं संस्करण प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । शनिबार प्रतियोगिताको आयोजक पिएफए स्पोट्र्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिता ् पौष १५ गतेदेखि पौष २६ गतेसम्म सञ्चालन हुने भएको जनाएको छ ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । भने खेलहरू (टी २०) फम्र्याटमा सञ्चालन गरिने आयोजकले जनाएको छ । आईसीसी का नियम अनुसार खेल सञ्चालन हुने तथा प्रत्येक टिममा ११ खेलाडी सहित बढीमा १६ खेलाडी दर्ता गर्न पाइने व्यवस्था गरिएको छ । खेलाडीहरूको उमेर ४० वर्ष पूरा भइसकेको हुनुपर्ने नियम राखिएको छ । विजेता टिमले १ लाख ३५ हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ६५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाएको छ ।

प्रतियोगिताको म्यानअफद सिरिजलाई नगद १५ हजार , वेस्ट ब्याट्सम्यान १० हजार, वेस्ट बलर १० हजार, वेस्ट भेट्रान अवार्ड ट्रफी तथा प्रमाणपत्र म्यान अफ दि म्याच ट्रफी (प्रत्येक खेलमा) प्रदान गरिने भएको जनाएको छ । सम्मेलनमा पिएफए स्पोट्र्स क्लबका उपाध्यक्ष भगवती साउदले भेट्रान्स खेलाडीहरूलाई खेलकुदमार्फत पुनः सक्रिय बनाउने, स्थानीयस्तरमा क्रिकेटको विकास गर्ने तथा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिईन् ।

प्रतियोगिताको मुख्य प्रायोजक करियर स्टेशन एजुकेसन सर्भिस सेन्टर, काठमाडौं रहेको छ भने मुख्य प्रवद्र्धक गोदावरी नगरपालिका रहेको छ । प्रतियोगितामा सहभागि टिमहरु अत्तरिया सिटी क्रिकेट क्लव, कैनोडा लाईन्स, न्यू ग्वासी साहारा क्यापिटल्स, अनुपमा अलराउन्डर्स, बुढाबाघ, गेटा रोयल्र्स, महेन्द्रनगर व्याईज र गुलरिया बुल्स रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.