अत्तरियामा जारी महोत्सवमा आज चर्चित गायिका रचना रिमाल देखि चक्र बम लगायत कलाकारको प्रस्तुति रहने

अत्तरिया : कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ।

महोत्सवमा लोकप्रिय गायक चक्र बम, गायिका रचना रिमाल, डान्सर स्मारिका ढकाल, नायक प्रभात पाल ठकुरी, गायक लाल बोगटी, अमर रानाले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने छन्।

महोत्सवमा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन्।

आज सार्वजनिक विदा तथा सुदूरपश्चिममा मनाईने पुष १५ पनि परेको हुँदा महोत्सव अवलोकन गर्नेहरुको भिड बढ्ने आयोजकको अपेक्षा रहेको छ । महोत्स यहि पुष १९ गते सम्म संचालन हुने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.