अत्तरियामा जारी महोत्सवमा गायक चक्र बम र गायिका रचना रिमालले नचाए दर्शक

अत्तरिया : अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा चर्चित गायक चक्रबम र गायिका रचना रिमालको दमदार प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिता रह्यो ।

मंगलबार चर्चित गायक तथा मोडल चक्र बम, लोकप्रिय गायिका रचना रिमाल, नायक प्रभात पाल ठकुरी, अमर राना लगायत कलाकारहरूले प्रस्तुति दिएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे।

मंगलबार अर्थात् पौष १५ गते करिब १० हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेको टिकट व्यवस्थापन संयोजक छबिन्द्र नाथ योगीले जानकारी दिएका छन्।
यस्तै महोत्सवमा बुधबार गायक टंक तिमिल्सिना र मान जोरा, गायिका इश्बल सञ्ज्याल, डान्सर पूजा मगर तथा हास्य कलाकार अशोक कुँवरको विशेष प्रस्तुति रहने आयोजक सृजनशील युवा क्लबले जानकारी दिएको छ।

महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी,युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.