अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पतालमा दुरबीन पद्दतीबाट सल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले बुधबार पहिलो सल्यक्रिया गरिएको बताए ।
डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बुधबार डडेल्धुराको अमरगढी नगरपालिका ९ ढाँटगाउँ स्थायी बसोबास भएर कैलालीको गोदवरीमा श्रीमान छाराछोरीसँग भाडामा बस्दै आएकी ४५ वर्षीया कमला दमाईको पित्तथैलीको सल्यक्रिया गरेको हो ।
दमाई लामो समयदेखि पित्तको थैलीको पथरीबाट पीडित थिईन । डडेल्धुराको अमरगढी नगरपालिका ९ ढाँटगाउँ स्थायी बसोबास भएकी दमाई कैलालीको गोदवरीमा श्रीमान छाराछोरीसँग भाडामा बस्दै आएकी थिईन ।
ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादव, सर्जन डाक्टर विजय भट्ट, एनेस्थेसियोलोजिष्ट डाक्टर रोजी जोशी र नर्सद्वय रेबिका विष्ट र आरती भण्डारी सहितको स्वास्थ्यकर्मीको टोलीले कमलाको दूरबीन पद्दतीबाट सल्यक्रिया गरेको हो ।
अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले गेटा अस्पतालमा पहिलो पटक दूरबीन पद्दतीबाट सल्यक्रिया गरिएको बताए । उनले अस्पतालको सेवा विस्तार भईरहेको बताए । गेटा अस्पतालमा पछिल्लो समय विरामी भर्ना पनि हुन थालेका छन ।
विरामी कमलाका श्रीमान रामचन्द्र दमाईले गेटामा पहिलो पटक आफ्नो श्रीमतीको सल्यक्रिया भएकोमा खुसी ब्यक्त गरे । ‘अब गेटामा ठूलो अस्पताल बनोस, सबैले सस्तोमा उपचार पाउन’ उनले भने ।
नीजि अस्पतालमा यस्तो सल्यक्रियाको औषधी र भर्ना शुल्क सहित कम्तीमा पनि एक लाखको उपचार खर्च आउने गर्छ । तर गेटामा भने यस्तो सल्यक्रियाको औषधी, बेड शुल्क सहित ३५/४० हजारभीत्रै उपचार हुने अस्पताल प्रशासनले जनाएको छ ।