नेपाली चलचित्र ‘मुग्लान’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै

अत्तरिया:– सुदूरपश्चिमको गोदावरी नगरपालिका–अत्तरिया निवासी नायक प्रभात पाल ठकुरी सँगै नायिका स्मारिका ढकालको मुख्य अभिनयमा निर्माण भएको नेपाली चलचित्र ‘मुग्लान’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।
धनगढी स्थित “एसटीएस” सिनेमा हलमा चलचित्र मुग्लान बुधबार प्रदर्शन गरिएको थियो।

धनगढी स्थित “एसटीएस” सिनेमा हलमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै दर्शकहरूले ‘मुग्लान’ले वैदेशिक रोजगारी, संघर्ष, पीडा र आशालाई यथार्थपरक रूपमा प्रस्तुत गरेको बताएका छन् । विशेषगरी नायक ठकुरीको अभिनय, संवाद प्रस्तुति र भावनात्मक दृश्यहरूले मन छोएको बताएका छन्।
दर्शकहरूले चलचित्रले नेपाली युवाहरूको बाध्यता, सपना र परिवारप्रतिको जिम्मेवारीलाई सशक्त ढंगले उजागर गरेको छ । “कथावस्तु वास्तविक जीवनसँग नजिक छ, अभिनय स्वाभाविक छ,” दर्शक विराज विष्टले प्रतिक्रिया दिएका छन्। उनले स्थानीय कलाकारले राष्ट्रिय स्तरको चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकोमा गर्व महसुस भएको पनि बताउँदै चलचित्रले मनोरञ्जन सँगै सामाजिक सन्देश दिन सफल भएको बताए।

पौष १० गते देखी देशका विभिन्न हलहरूमा प्रदर्शनरत ‘मुग्लान’ले दर्शकको राम्रो साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.