अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले ८८ पालिकाका कर्मचारीको हकहित र व्यवस्थापन ऐन सन्सोधन गर्ने प्रक्रिया अघि बढाउने आश्वासन पाएको छ ।
हाल हाउस चलिरहँदा नेपाल नगरपालिका संघ, प्रदेश सभापति र गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा, गाउँपालिका महासंघको आग्रहमा पालिका प्रमुख, जनप्रतिनिधि र अन्य सरोकारवालासँगै मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीसँग भेट भएको थियो ।
बैठकमा मुख्यमन्त्री शाहले ऐन सन्सोधन हुने विश्वास दिलाउनु भयो। यस निर्णयले कर्मचारीहरूको हकहित सुरक्षित गर्ने मात्र नभई पालिकागत व्यवस्थापनलाई पारदर्शी, प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।
प्रतिनिधिहरूले ऐन संशोधनमा सबै पालिका र कर्मचारीको आवश्यकता र सुझावलाई ध्यानमा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । संसोधनपछि प्रदेशका सबै पालिकामा कर्मचारी व्यवस्थापन अझ व्यवस्थित र समानुपातिक हुने विश्वास गरिएको छ ।