अत्तरियामा जारी महोत्सवको अवधि दुई दिन थपियो, अब पौष २१ गतेसम्म सञ्चालन हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका, अत्तरियामा सञ्चालन भइरहेको सृजनशील गोदावरी संस्कृतिक महोत्सव अब पौष २१ गतेसम्म सञ्चालन हुने भएको छ। यसअघि पौष १९ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवको अवधि दर्शकको उत्साहजनक सहभागिताका कारण दुई दिन थप गरिएको हो।

महोत्सव संयोजक नर बहादुर राईले सुदूरपश्चिमको कला संस्कृतिलाई जगेर्ना तथा यस क्षेत्रको आर्थिक, सामाजिक, प्रर्यटन, औद्योगिक र कृषि क्षेत्रको विकासको लागिआयोजना गरिएको सृजनशील गोदावरी साँस्कृतिक महोत्सवप्रति दर्शकको माया, सद्भाव र उल्लेखनीय सहभागिता देखिएपछि अवधि थप गरिएको बताएका छन्। उनले परिवारसहित महोत्सव अवलोकन गर्न आउने दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको र त्यसले महोत्सवको वातावरण अझै उल्लासमय बनेको बताएका छन्।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धीस सूचना स्टलहरू तथा समुदायमैत्री मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
महोत्सव प्रवेश शुल्कतर्फ साधारण दर्शकका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.