अत्तरियामा जारी महोत्सवमा आज गायक अर्जुन सापकोटा र गायिका एलिना चौहान लगायतको प्रस्तुति रहने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आज (आइतबार) चर्चित गायक अर्जुन सापकोटा र लोकप्रिय गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने भएको छ।

महोत्सवमा उनीहरू सँगै डान्सर मनिषा सिंह, गायक सुरेश चोखाल लगायत अन्य कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ। पौष १९ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव दर्शकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक उपस्थितिका कारण दुई दिन थप गरी पौष २१ गतेसम्म सञ्चालन गरिने भएको छ।
महोत्सवले स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.