बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनलमा

अत्तरिया : धनगढीमा जारी बद्री कुन्ता मेमोरियल यु १६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा संघर्ष स्पोर्टस क्लब गोदावरीको लगातार दोश्रो जीत निकालेको छ । धनगढी रंगशालामा सोमबार सम्पन्न खेलमा बसर युवा क्लब चुरे विरुद्ध २६–० गोल अन्तरको ऐतिहासिक जित निकाल्दै संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनल प्रवेश गरेको छ ।

उस्ले पहिलो खेलमा संघर्ष स्पोर्टस क्लब गोदावरीले भजनी क्बल भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा उत्कृष्ट सुरुवात गरेको थियो । संघर्ष स्पोर्टस क्लब गोदावरीको जितमा रोहित आउजी नायक बने । पहिलो खेलमा भजनी क्बल भजनी विरुद्ध ह्याट्रिक सहित ५गोल गरेका रोहितले आज बसर युवा क्लब विरुद्ध चौबल ह्याट्रिक अर्थात १२ गोल गरे । पहिलो हाफमा ५ गोल गरेका रोहितले दोश्रो हाफमा थप ७ गोल थपे । उनी म्यान अफ दी म्याच पनि चुनिए । प्रतियोगीताका दुई खेलमा रोहितले व्यक्तिगत १७ गोल गरेका छन । त्यस्तै संदिप खत्रीले ह्याट्रिक सहित ४ गोल गरे भने प्रकाश सिंह र आकाश शाहीले समान दुई–दई गोल गरे ।

तुलनात्मक रुपमा कमजोर देखिएको बसर युवा क्लब चुरेले कुनैपनि गोल गर्न सकेन । बसर युवा क्लब चुरले कैलाली जिल्ला फुटबल संघले आयोजना गरेको पहिलो आधिकारिक प्रतियोगीता खेलेको थियो ।
त्यस्तै गौरीगंगा स्पोटर्स क्लब पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । पहिलो खेल बाइ पाएको गौरीगंगा ११ स्पोटर्स क्लबले दोश्रो खेलमा युथ अफ टिकापुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै आइतबार सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगीताको सातौं खेलमा मंगलबार फारवेष्ट पशुपति क्लब धनगढीका विरुद्ध बागमारा स्पोटर्स क्लब लम्की खेल्दैछ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी छन् । पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.