गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक

धनगढी : गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक रविन एसकेकै स्वर, शब्द र संगीत रहेको छ ।

गीतका एरेन्ज र रेकर्डिस्ट मनिष घर्ती मगर रहेका छन् । गीतको भिडियोको कोरियोग्राफी खगेन बिसीले गरेका छन् । सो भिडियो छायांकन जहित बुढा गरेका छन् भने भिडियोको सम्पादन पीआर जोशीले गरेका छन् ।

सुरेन्द्र संगम बिसी ‘डोट्याल बड्डो’को निर्देशनमा तयार भएको भिडियोमा रविन एसकेसँगै लक्ष्मी साउँद, सुरेश महत्रा क्षेत्री र अनुष्का मगरको आकर्षक अभिनय रहेको छ ।

गीतमा युवा–युवतीबीचको प्रेमभावलाई प्रस्तुत गरिएको छ । गितले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गायक रविन एसकेको छ । उनले यसअघि “धनगढी सहर“ गीत सार्वजनिक गरेका थिए । सो गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।

उक्त म्युजिक भिडियो ‘Rabin SK’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.