अत्तरिया : कैलालीको अत्तरियामा संचालित करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधी अनुपमा अलराउन्डर्सले जितेको छ । शनिवार भएको सातौ संस्करणको फाइनल खेलमा कैनोडा लायन्सलाइ ३१ रनले पराजित गर्दै अनुपमाले लगातार दोस्रो पटक उपाधी जित्न सफल भएको हो ।
टस जितेर ब्याटिङ रोजेको अनुपमाले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । उपाधी जितेसँगै अनुपमाले नगद रु। १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको कैनोडा लायन्सले नगद रु. ६५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा कैनोडा लायन्सका खेलाडी लोकेन्द्र सिँ थापा बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । तिन ओटै पुरस्कार प्राप्त गरेका उनले ब्याटिङमा सबै भन्दा बढी २५७ रन बनाएका थिए भने बलिङमा पनि सबै भन्दा बढी २१ विकेट लिएका थिए । त्यसबाहेक ७ क्याच सहित लिएका उनलाई तिन ओटै उपाधी प्राप्त भएको हो ।
उनले बेस्ट ब्याट्सम्यान र बेस्ट बलरको समान १०\१० हजार सहित ट्रफी र प्लेयर अफ द टुर्नामेन्टको नगद रु. १५ हजार सहित ट्रफी प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीहरुलाई एक औपचारीक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । पिएफए भेट्रान्स कपको छैटौ संस्करणको उपाधी पनि अनुपमाले नै हात पारेको थियो ।