अत्तरिया : नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आएका देउवालाई अब निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए।
तर देउवाले भने अन्तिम पटक चुनाव लड्ने बताएका थिए। सोमबार राति देउवाले आफू चुनाव नलड्ने निर्णय गरेको उनका सहयोगी भानु देउवाले जानकारी दिए।
विश्वप्रकाश शर्मा लगायतले पनि चुनावमा उम्मेदवार नबन्ने बताइसकेका छन्। देउवा र कोइराला पक्षका केही नेताहरु भने गगनसँग टिकट लिएर जिल्ला फर्किएका छन्। कांग्रेस निर्वाचन नजिक आन्तरिक विवादमा फसेको छ। गगन थापाविरुद्ध देउवा र खड्काले अदालतमा मुद्दा समेत दायर गरेका छन्। आज मंगलबार पेसी छ।