कैलालीमा दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

धनगढी । कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका जनकराज पाठकले उम्मेदवारी फिर्ता लिएको हो ।

नेपाली कांग्रेसका राठौरले पार्टीले टिकट नदिएपछि आफ्नै पार्टीका उम्मेवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएको थियो । क्षेत्र नम्बर २ मा कांग्रेसले विजयबहादुर स्वाँरलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.