अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली ४ को सचिवालय उद्घाटन गरिएको छ । पार्टीका सह प्रवक्ता रमेश प्रसाईंसहितको उपस्तिथिमा अत्तरिया चोकबाट २ किलोमीटर दक्षिण, खुस्बु नर्सरीनजिक क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरिएको हो ।
त्यस्तै फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन कमाण्ड गोदावरी नगर सभापति दीपक ओझालाई दिएको छ ।
अत्तरियामा आज बसेको भेलालेले कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन कमाण्ड गोदावरी नगर सभापति ओझालाई दिने निर्णय गरेको क्षेत्रीय सचीव डिल्लिराज जोशीले बताएका छन् । रास्वपाबाट यस क्षेत्रमा खेमराज कोइराला उम्मेदवार रहेका छन् ।