अत्तरिया : कैलालीको गोदावरीमा स्कुल बसले किचेर बालकको गोदावरी मृत्यु भएको छ । आइतबार बिहान गोदावरी नगरपालिका – ८ स्थित शारदा विद्या निकेतन से १ क ६०४ नम्बरको बसले किचेर गोदावरी–८ स्थित शान्तिटोलका साढे दुई वर्षीय रिहान भुलको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
शारदा विद्या निकेतनमै अध्ययन गर्ने दिदीलाई स्कुल बससम्म छोड्न आमासंग आएका रिहानलाई बसले किचेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।