धनगढी मा कुटपिट गरि महिलाको हत्या, श्रीमान् पक्राउ

धनगढी । कैलालीमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी १३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए ।

घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.