बालेन सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रमा व्यस्त, समर्थहरुको घुइँचो

अत्तरिया : रास्वपाका वरिष्ठ नेता बालेन साह सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरु संग साक्षत्कारमा व्यस्त रहेका छन् । आज बिहान कैलाली प्रवेश गरेका साहले कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा भेटघाट गर्दै कञ्चनपुर पुगेका हुन्।

साह जता पुग्यो त्यहि स्वागतमा समर्थकहरूको घुइँचो लाग्ने गरेको छ। धनगढीस्थित कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपाका उम्मेदवार आनन्द चन्दको सचिवालय पुगेका शाहलाई समर्थकहरूले नाराबाजीसहित स्वागत गरेका थिए।

उनले धनगढी बजारको पनि परिक्रमा गरेका हुन। अहिले कञ्चनपुरका विभिन्न निर्वाचन क्षेत्रमा व्यस्त रहेका छन् । बालेन सचिवालयका अनुसार आज कञ्चनपुरमा नै बास बस्ने छन् भने भोली पहाडका विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.