अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा छाडा पशुचौपायाले गहुँबाली सखाप पारेको छ । स्थानीय ललित भट्टको ५ कट्ठामा लगाएको गहुँबाली केहि दिन अगाडि सखाप गरेको हो ।
‘बाली आउदै गरेको गहुँबाली काम नलाग्ने गरी खाईदिएको छ’, ललित भट्टले भने । ‘अव पाँच जना भएको परिवारले के खाने हो ?’ उनले हरेक बर्ष यसरी नै बारीमा लगाएको बाली सखाप पार्ने गरेको गुनासो सुनाए ।
२४ घण्टा नै हेरालु लाग्न नसकीन्ने उनले बताए । उनले गहुँबाली खाएको बारेमा स्थानीय पालिकालाई अनुगमन गरिदिन समेत आग्रह गरेका छन् ।