सुदूरपश्चिममा वर्षा र हिमपात

अत्तरिया : पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल सुदूरपश्चिममा वर्षा र हिमपात सुरु भएको छ । वैतडी, दार्चुला, कंचनपुर, कैलालीबाट सुरु भएको वर्षा सुदूरपश्चिमका सबै जिल्लामा भइरहेको छ। हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै जाने पनि उनले बताए।

पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौंमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ । प्रणाली पूर्वतर्फ सर्दै जाँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए ।
पछिल्लो १ घण्टामा दार्चुलामा दार्चुला र बैतडीमा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ विभागले मंगलबार साँझ सार्वजनिक गरेको विवरणमा राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङको सम्भावना रहेको छ ।

आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू–भागमा साधारणतया बादल लाग्ने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.