धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूरपश्चिम प्रदेशको तीन जिल्लाका कार्यक्रममा सहभागी हुँदैछन्। पार्टीले जारी गरेको कार्यक्रम तालिकाअनुसार बालेन शाहले बझाङ, बाजुरा र अछाम जिल्लाका विभिन्न स्थानमा आम जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रमको सुरुवात बिहान ७ : ३० बजे बझाङको चैनपुरबाट हुनेछ। त्यसपछि बिहान ११ : ३० बजे बाजुराको सदरमुकाम मार्तडीमा जनसम्पर्क कार्यक्रम तय गरिएको छ।
दिउँसो १२ : १५ बजे अछामको साँफेबगरमा तथा दिउँसो २ : १५ बजे मंगलसेनमा कार्यक्रम सम्पन्न गरिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा आफ्नो संगठन विस्तार र जनसमर्थन सुदृढ गर्न बालेन शाहको उपस्थितिलाई अवसरका रूपमा लिएको छ।
पार्टीको चुनाव चिन्ह ‘घण्टी’लाई जनताबीच परिचित गराउने उद्देश्यले ‘घण्टी अभिवादन कार्यक्रम’ सञ्चालन गरिएको हो।