गौरीगंगामा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश

अत्तरिया  : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मनिकापुरका तिलराम चौधरी र नेपालु चौधरीले नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

त्यसैगरी वडा नम्बर ८ चमारीपुरकी ममता नेगीले पनि एमाले त्यागेर कांग्रेसमा आबद्ध भएकी छन्। नवप्रवेशीहरुलाई गोरखबहादुर बिष्ट ‘आनन्द’ले टीका तथा खादा लगाएर औपचारिक स्वागत गरेका हुन्। बिष्ट नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार हुन्।

कार्यक्रममा बोल्दै बिष्टले पार्टीमा प्रवेश गर्ने सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै विकास, सुशासन र जनहितका एजेण्डामा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले कांग्रेस नै लोकतन्त्र, समावेशिता र समृद्धिको भरोसायोग्य शक्ति भएको दाबी गरे। नवप्रवेशीहरुले पनि कांग्रेसको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रिय रहने बताएका छन्। स्थानीय तहमा पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दो रहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.