अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुधबार विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाईएको हो ।
कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर वम रहेका थिए । उनले क्याम्पसको विकासका लागि आफ्नो तर्फबाट गर्ने सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘म यस क्षेत्रको व्यक्ति हुँ, क्याम्पसको विकासमा सधैँ लागि रहनेछु’, उनले भने ।
कार्यक्रममा युवा नेता लोकराज पाण्डेय ‘आगो’ ले यस क्याम्पसलाई व्यवस्थित बनाउन जग्गा पर्याप्त नरहेको उल्लेख गरे । भवन निर्माण मात्र केहि नहुने बताउँदै उनले खेलमैदान सहितको थप व्यस्थित गर्नका लागि सबैको प्रयासले कम्तीमा ३० विघा जमिन आवश्यक रहेको औल्याए । उनले अत्तरियामा व्यस्थित कलेज बनाउनका लागि क्याम्पस प्रशासन र स्वबियु सभापति लगायत सबै लाग्नुपर्नेमा जोड दिए । उनले कलेजमा भएका समस्याहरुका लागि प्रदेश सरकारले अग्रसता लिन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर महराले गरेका हुन् । क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रमका स्वबियु सभापति भुवन महराले समेत आफ्नो धारण राखेका हुन् । कार्यक्रममा क्याम्पसमा भएका विभिन्न प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार समेत वितरण गरेको थियो ।