काठमाडौँ : प्रहरीले गुन्डागर्दीविरुद्ध ‘काठमाडौँ सेफ्टी अपरेसन’ सुरु गरेको छ। यस क्रममा गएराति प्रहरीले गुन्डागर्दीमा संलग्न आरोपमा १३ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौँका विभिन्न स्थानबाट गिरफ्तार १३ व्यक्ति यी हुन् ।
१. सञ्जीव लामा (काभ्रेपलाञ्चोक नमोबुद्ध १ घर भई हाल बानेश्वर, बत्तीसपुतली बस्ने)
२. अशोक गिरी (सिन्धुपाल्चोक मेलम्ची ७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका, मनमैजु इन्द्रपुल बस्ने)
३. वकिल बम (कालीकोट पतला गाउँपालिका घर भएका)
४. सुरेश गुरुङ भन्ने किमजोङ (खोटाङ ऐसलुखर्क गाउँपालिका १ घर भई हाल बुढानीलकण्ठ ३, कपन बस्ने)
५. सञ्जीव राई (खोटाङको ऐसलुखर्क गाउँपालिका २ घर भई हाल कपन बस्ने)
६. राजकुमार तामाङ (काभ्रे पाँचखाल ४ घर भएका)
७. विनोद ठकुरी (काभ्रे मण्डनदेउपुर ११ घर भई हाल बुढानीलकण्ठ १०)
८. शेर्पा लामा
९. राहुल राई
१०. समेश तामाङ
११. सुनबहादुर तामाङ
१२. महेश महत
१३. वीरबहादुर लामा