अत्तरियामा बारिष्टा र बेकरी तालिमबाट युवालाई आत्मनिर्भर बनाईदैँ

धनगढी  : गोदावरी नगरपालिकाले “नगरको सरोकार, स्थानीय स्तरमै सीप र रोजगार” भन्ने नारासहित रोजगारमुखी तालिम कार्यक्रम सुरु गरेको छ । रोजगारी सृजनालाई प्राथमिकता दिँदै नगरपालिकाले बारिष्टा (कफी) र बेकरी सम्बन्धी ३५०–३५० कार्यघण्टा अवधिका तालिम आईतबार देखि सञ्चालन गरेको हो ।

उद्घाटन समारोहमा नगरभित्रका महिला तथा पुरुष गरी प्रत्येक विधामा २०–२० जना सहभागीलाई उद्योग वाणिज्य संघको हलमा प्रशिक्षण सुरु गरिएको रोजगार शाखा संयोजक रोहित कुमार जोशीले जानकारी दिए । उनका अनुसार करिब ३९० कार्यघण्टाको छोटो अवधिको यस कार्यक्रमले सहभागीलाई सीपमूलक दक्षता प्रदान गरी तत्काल रोजगारी वा स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले तालिमलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै बीचमै नछोड्न प्रशिक्षार्थीलाई सचेत गराए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए । “विदेशिने सोच मात्र समाधान होइन, सीप सिकेर यहीँ केही गर्न सकिन्छ,” उनले भने । तालिमले आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गर्दै भट्टले अनुशासन, मेहनत र निरन्तर अभ्यासमार्फत सफल बन्न प्रेरणा दिएका छन ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले देशभर बढ्दो बेरोजगारीको अवस्थामा यस्ता तालिमले युवालाई नयाँ अवसर दिने विश्वास व्यक्त गर्दै मन, वचन र कर्मले तालिममा लाग्न अनुरोध गरे ।
ार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, होटल व्यवसायी महासंघकी केन्द्रीय उपाध्यक्ष धना चोखाल, पर्फेक्ट म्यानपावर ट्रेनिङ्ग सेन्टर प्रा.लि. त्रिपुर इन्जिनियरिङ्ग प्रा.लि. का कमल चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.