काठमाडौँ : प्रतिनिधिसभामा तीन अध्यादेश संशोधन प्रस्ताव स्वीकृत भएको छ। सोमबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले पेश गरेका तीन अध्यादेश स्वीकृत भएको हो।
मन्त्री गुरुङले प्रस्ताव गरेको तीन प्रस्ताव ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मत स्वीकृत भएको हो ।
तीनवटै प्रस्तावमाथि सभामुख डीपी अर्यालले ‘हुन्छ र हुन्न’ भनी मत विभाजन गरेका थिए ।