चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएको ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको हो ।

जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनमा भएको हताहतीसम्बन्धी प्रकरणमा पक्राउ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अघिल्लो शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेजीसँगै परमादेश जारी गरेर हिरासतमुक्त हुने बाटो खोलिदिएको हो ।

सर्वोच्चले दुवैको हकमा दायर रिट खारेज गरिदिएसँगै सरकारका नाममा परमादेश जारी गरेर तेस्रो म्याद सकिएपछि रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको यो आदेशपछि आइतबार थपेको ५ दिनको म्याद सकिएसँगै दुवैजनालाई हिरासतमुक्त हुने छन् ।

दुवैजनालाई जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेको थियो । अब त्यो म्याद सकिएसँगै ओली र लेखक दुवै आगामी चैत २६ गते रिहा हुनेछन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.