गेटामा स्कुटर दुर्घटना हुँद एक जनाको मृत्यु

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

अत्तरिया–धनगढी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय ओम प्रकाश मल्लको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.