काठमाण्डौँ : प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राप्रपालाई समर्थन गर्ने भएको छ। बिहीबार रास्वपा र राप्रपाबीच भएको छलफलमा सहमति जुटेको राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। ‘रास्वपाले राप्रपालाई समर्थन गरिसक्यो,’ शाहीले भने।
प्रतिनिधि सभाको उपसभामुखका लागि बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ। उपसभामुखका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ।