प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने : मुख्यमन्त्री शाह

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सन्तुलित बजेट निर्माणको मोडालिटी बनाउने बताएका छन ।
शुक्रबार दुई दिने सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुको लागि आर्थिक बर्ष २०८३\०८४ का लागि समपूरक अनुदान तथा विशेष अनुदान प्रस्ताव तयारी सम्बन्धी अभिमुखिकरण कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएको हो ।

उनले आवश्यकता र प्राथमिकताका आधारमा प्रदेश अन्तर्गतका सबै पालिकालाई समेट्ने गरी सरकारले बजेट विनियोज गर्ने धारणा राखे । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको अभिमुखिकरण कार्यशाला कार्यक्रममा मुख्यमन्त्रि शाहले २५ लाख भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने तथा उपभोक्ता समिति मार्फत काम नगर्ने प्रदेश सरकारको निर्णय भएपनी खरिद ऐन, खरिद नियमावली तथा विभिन्न ऐन, नियमले कार्यान्वयनमा समस्या भएको बताए ।

यस्तै जिल्ला समन्वय समिति कैलालीको दशौ जिल्ला सभा समारोहको समुद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताका गुनासालाई सम्बोधन गर्दै स्थानीय तहलाई वित्तिय हस्तान्तरण मार्फत वा विभिन्न कार्यक्रम मार्फत जोडेर लगेको बताए । उनले तीनै तहको सरकारका बीच व्यापक रुपमा छलफल र सहमती गरेर अगाडी बढ्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.