धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत गप्का क्षेत्रमा सवारी दुर्घटना भएको छ। मंगलबार पश्चिमबाट आइरहेको हाइस र पूर्वबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको गम्भिर घाईते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सु प प्र ०१ १३ प ५१३९ नम्बरको मोटरसाइकल र सु प प्र ०१ ००१ ज १४२१ नम्बरको हाइस दुर्घटनामा परेका हुन । बाईकमा पूर्णरुपमा क्षति भएको छ भने हाइसको पनि अगाडि भागमा क्षति भएको छ ।
हाइसमा सवार यात्रुहरूको अवस्था भने सामान्य रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।